FAQs Complain Problems

जीतपुरसिमरा उपमहानगरपालिकाको सङ्क्षिप्त परिचय !!!

मुलुकभरका उच्च १७ स्थानीय तहमध्येको एक हो, जीतपुरसिमरा उपमहानगरपालिका । गढीमाई नगरपालिकाबाट जीतपुरसिमरा उपमहानगरपालिकामा परिणत यस उपमहानगरपालिकामा साविकका भवानीपुर जीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर, छातापिपरा, अमलेखगञ्ज, इनर्वासिरा गाविसको पुरै भाग र मनहर्वा गाविसको (१,२,३,७,८,९), हरैयाको (१) र रामपुरटोकनी (३) नम्बर वडा समेटिएको छ । यस उपमहानगरपालिकामा २४ वटा वडा छन । राष्ट्रिय जनगणना २०६८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या ११७,९५० रहेको छ भने क्षेत्रफल करीव ३१४ वर्ग किमी छ । यस उपमहानगरपालिकाको पूर्वमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र करैयामार्इ गाउपालिका, पश्चिममा वीरगञ्ज महानगरपालिका, उत्तरमा हेटौडा उपमहानगरपालिका र दक्षिणमा परवानीपुर गाउपालिका, प्रसौनी गाउपालिका र कलैया उपमहानगरपालिका रहेका छन् । साविकको भवानीपुरजीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर र छातापिपरा गाविसलाई समेटेर गढीमाई नगरपालिका बनाइएको हो । गढीमाई नगरपालिकामा १६ वटा वडा रहेका थिए । हाल जीतपुरसिमरा उपमहानगरपालिकामा साविकका तपसिल बमोजिम क्षेत्रहरु समेटिएका छन:

पिपरासिमरा गाविसको १, २, ९ नम्बर वडा मिलाएर वडा नम्वर १

पिपरासिमरा गाविसको ३ र ४ नम्बर वडा मिलाएर वडा नम्वर २

पिपरासिमरा गाविसको ५ र ८ नम्बर वडा मिलाएर वडा नम्वर ३

पिपरासिमरा गाविसको ६ र ७ नम्बर वडा मिलाएर वडा नम्वर ४

भवानीपुर जीतपुरको १, ५, ६, ७ (क) नम्बर वडा मिलाएर वडा नम्वर ५

भवानीपुर जीतपुरको ४ नम्बर वडा मिलाएर वडा नम्वर ६

भवानीपुर जीतपुरको ३ नम्बर वडा मिलाएर वडा नम्वर ७

भवानीपुर जीतपुरको ७ (ख), ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ८

छातापिपरा गाविसको २, ३, ५, ६ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ९

छातापिपरा गाविसको १, ४, ७ र८ नम्बर वडा मिलाएर वडा नम्वर १०

फत्तेपुर गाविसको वडा नम्बर ७, ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ११

फत्तेपुर गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्वर १२

डुमरवाना गाविसको १, २, ३ र ५ नम्बर वडा मिलाएर वडा नम्वर १३

डुमरवाना गाविसको ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर १४

डुमरवाना गाविसको ४ र ६ नम्बर वडा मिलाएर वडा नम्वर १५

डुमरवाना गाविसको ७ नम्बर वडा मिलाएर वडा नम्वर १६
गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै निम्न गाविसका निम्न वडा गाभिएको थियो ।

मनहर्वा गाविसको १, २, र ८ नम्बर वडा मिलाएर वडा नम्वर १७

मनहर्वा गाविसको ३, ७ र ९ नम्बर वडा मिलाएर वडा नम्वर १८

ईनर्वासिरा गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्बर १९

ईनर्वासिरा गाविसको ७, ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर २०

अमलेखगञ्ज गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्वर २१

अमलेखगञ्ज गाविसको वडा नम्बर ७, ८ र ९ नम्वर वडा मिलाएर २२ 

रामपुर टोकनी गाविसको वडा नम्बर ३ लाई वडा नम्बर २३

प्रष्टोका गाविसको वडा नम्बर १ र २ मिलाएर वडा नम्वर २४

लोकेशन