जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू र दुवै स्थानीय तह (कलैया र जीतपुरसिमरा उपमहानगरपालिका) र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरुवीच छलफल गरी करीव एक वर्षदेखिको विवाद समाधान गरिएको छ । जीतपुरसिमरा उपमहानगर- १७ मा जैतापुर स्वास्थ्यचौकी र कलैया उपमहानगर- २४ मा स्वास्थ्य संस्था दुवै सञ्चालनमा रहने र कर्मचारी परिचालन गर्ने निर्णय भएको छ ।