FAQs Complain Problems

लघु उद्यम ब्यवसायमार्फत बेरोजगारी समस्या समाधान : मेयर डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले लघु उद्यम ब्यवसायमार्फत स्वरोजगारको अवसर गर्ने र बेरोजगारी समस्या समाधान गर्ने बताएका छन् । 
सिमरामा बुधवार आयोजित उद्यम बिकास रणनितिक योजना निर्माणको लागि पूर्वयोजना तयारी कार्यशालामा बोल्दै मेयर डा. पौडेलले समृद्ध उपमहानगरको परिकल्पना गरिरहदा नागरिकको जीवनस्तरमा सुधार अति आवश्यक रहेको बताउदै स्वरोजगार र ब्यवसायका लागि योजनासहित अघि बढ्ने बताए । 
उपमहानगरले यस आर्थिक बर्षमा करिब चार सय जनालाई स्वरोजगार तालीम दिने र ५० जना उद्यमी सिर्जन गर्ने लक्ष्य लिएको मेयर डा. पौडेलले बताए । स्थानीय श्रम र सीपमा आधारित लघु उद्यमहरु सिर्जना गर्नका निम्ति उपमहानगर अग्रसर रहेको डा. पौडेलको भनाई छ । 
गरिबी र बेरोजगारी समस्या समाधान र लघु व्यवसायहरुका लागि उपमहानगरले वडाहरुबाट तथ्यांक संकलन गर्ने समेत मेयर डा. पौडेलले बताएका छन् । लगु उद्यम बिकास कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने मेयर डा. पौडेलको भनाई थियो । 
लघुउद्यम विकास कार्यक्रमको सहयोगमा आयोजित कार्यक्रममा उक्त संस्थाका दिपक गड्तौला र विद्या गौतमले सहजीकरण गरेका थिए । कार्यक्रममा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीसहित उपमहानगरपालिकाको नगर कार्यपालिकाका सदस्यसहित कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा उपमेयर चौधरीको नेतृत्वमा योजना तर्जुमा समन्वय समिति समेत गठन गरिएको छ । 
 

लोकेशन